कचनकवल । कोशी प्रदेशका १४ जिल्लाका पार्टी सभापति र पार्टी सदस्यहरूको सहभागितामा नेपाली कांग्रेस कोशी प्रदेशले आयोजना गरेको "कचनकवल-सगरमाथा जागरण अभियान" आगामी पौष २४ गतेदेखि सुरु हुने छ । यस अभियानको उद्घाटन नेपालको सबैभन्दा होचो भूभाग मानिने झापाको कचनकवल स्तम्भमा हुनेछ ।
होचो भुमिबाट उद्घाटन गरिएको अभियानको समापन सोलुखुम्बुको सल्लेरी,जहाँ संसारकै सर्वोच्च शिखर सगरमाथा अवस्थित छ । अभियानले कोशी प्रदेशका १४ जिल्लाका जनताबीच एकता ,जागरूकता र समृद्धिको सन्देश फैलाउने लक्ष्य राखेको छ । कार्यक्रमले समृद्धि ,पर्यटन र स्थानीय समस्या समाधानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कोशी प्रदेशका सबै १४ जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुनेछन् । अभियानले कोशी प्रदेशको भूगोल ,विविधता र पर्यटन सम्भावनाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने योजना बनाएको छ ।
अभियानले झापाको होचो भूभाग कचनकवलदेखि सगरमाथा क्षेत्रको सोलुखुम्बुमा रहेको सल्लेरीसम्म यात्रा गर्नेछ । कोशी प्रदेशको प्राकृतिक ,सांस्कृतिक र सामाजिक पक्षहरूको महत्व उजागर गरिनेछ। यसले कोशी प्रदेशको समृद्धि र पर्यटनलाई अघि बढाउने आधार तयार गर्ने विश्वास गरिएको छ ।
समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,पर्यटन व्यवसायी र समुदायको व्यापक सहभागिता हुने अनुमान गरिएको छ । यस अभियानले प्रदेशको विकास ,एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । अभियान कोशी प्रदेशको एकताका लागि महत्त्वपूर्ण कदम हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने नेपाली कांग्रेसले सँसदीय दलका नेता उद्धव थापाले बताउनु भएको छ ।