झापा । कचनकवल-३ पुरानो बगान बजार निवासी सामाजिक तथा धार्मिक व्यक्तित्व पदमलाल राजवंशीको निधनले सम्पूर्ण कचनकवल क्षेत्रलाई स्तब्ध बनाएको छ । भुतेश्वर शिवालयको संरक्षण र विकासमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै उहाँले क्षेत्रीय धार्मिक आस्थाको केन्द्रलाई अझ मजबुत बनाउने योगदान दिनुभएको थियो ।
उहाँले आफ्नो जीवनको महत्त्वपूर्ण समय बगान बजारको विकास र समाज सेवामा समर्पित गर्नुभयो । बर्गीय जीवनशैलीबाट परिवारको लालनपालन गर्दै समाज सेवामा सक्रिय उहाँका संघर्षमय जीवनबाट सबैले प्रेरणा लिन सक्छन् ।
पदमलाल राजवंशीको निधनले समाजले एक असल कर्तव्यनिष्ठ व्यक्तित्व गुमाएको छ भने परिवारले मार्गदर्शक अभिभावक गुमाएको छल।