झापा – झापाको कचनकवल गाउँपालिका-७ बलुवाडीका रमेश राजवंशी (३०) झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार रमेशले आफ्नै घरभित्रको कोठामा कालो सलको पासो लगाई आत्महत्या गरेका हुन्।

घटना २०८१ पौष ११ गते साँझ करिब ५:३० बजे भएको हो। घटना सम्बन्धी जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय (इप्रका ) बनियानीबाट प्रहरी निरीक्षक रोहित बहादुर मगरको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले स्थान सुरक्षित गरी घटनाको प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।

इप्रका बनियानीबाट करिब ५.५ किलोमिटर पश्चिममा पर्ने उक्त घटनास्थलमा प्रहरीले मृतकको झुण्डिएको अवस्थाको प्रारम्भिक विवरण संकलन गरेको छ। रमेश राजवंशीले के कारणले आत्महत्या गरे भन्ने खुल्न सकेको छैन।

प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। मृतकको परिवार र स्थानीयबाट थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।